गीतबाट थालियो ‘कृष्णलीला’ को छायाँकन

फिल्म ‘कृष्णलीला’ को गत शुक्रबारबाट पुर्वबाट छायांकन सुरु भएको छ । पुर्वका विभिन्न स्थानमा अहिले फिल्मको छायांकन भइरहेको छ। हल फिल्मको ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीतबाट छायांकन सुरु गरिएको छ।

फिल्मलाई दीपक ओलीको निर्देशन गरिरहेका छन्। फिल्मको ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा श्रेत्री रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । अन्जु पन्त र सुगम पोखरेलले गाएको यस गीतलाई अर्जुन पोखरेलको संगीत गरेका छन्। कोरियोग्राफी रामजी लामीछाले गरेका छन् भने छायांकन बाबु श्रेष्ठको छ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। रंगपत्रकार लक्ष्मण सुवेदीले लेखेको फिल्म ‘कृष्णलीला’ मा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकार मुख्य भूमिकामा छन् । यस फिल्ममा प्रकाश कार्की र केवल तामाङ निर्माता रुपमा रहेका छन्।