फिल्म हल तथा रात्रिकालिन व्यवसाय नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

९ महिना देखि बन्द रहेको फिल्म हल अझैँ नखोल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अझै १५ दिन कडाइका साथ नियम लागू गर्न निर्देशन दिएका छन्।
पत्रकार सम्लेलनमा हाल सम्म जारी गरिएका स्वास्थ्य मापदण्डका विषयमा पुनरावेदन गर्ने र संक्रमणको अवस्थालाई मध्यनजर गर्दै फिल्म हल, रात्रिकालिन व्यवसायीहरु, धेरै मानिसहरु भेला हुने र जनस्वास्थ्यका मापदण्डहरु उलंघन हुने खालका काम नगर्न संस्था तथा व्यवसायीहरुलाई डा.गौतमले आग्रह गरेका हुन्।

आगामी महिना देखि भने केहि ललिचो हुने संकेत गौतमले दिएका छन्। उनले अर्को महिनाबाट विद्यालय खोल्दा थोरै संख्यामा विद्यार्थी राखेर जनस्वास्थ्यका मापदण्ड अपनाउदै विद्यालय खोल्न सकिने बताए। केहि दिन अघि अभिनेता राजेश हमालले पनि फिल्म हल सञ्चालनमा हतार नगर्न आग्रह गरेका थिए। उनले कोरोना संक्रमण बढ्ने भन्दै कोरोना कम नहुन्जेल फिल्म हल सञ्चालन गर्न नहुने बताएका छन्। यता सरकारले हल सञ्चालनमा रोक लगाएको भन्दै हलवाला तथा फिल्म निर्माताहरु आफै हल खोल्ने चेतावनी दिदै आएका छन्।