“मेरो साथी फिल्म मेकर म पत्रकार”

Mero Film

 

खै याद बने चिज पनि कति अनौठो छ काहा बाट कसरी आहिरहन्छ। तिमी लाई पाउन हजार कोसिस गरे अ.. हजार होइन लाखौ गरे लाखौ होइन करोडौ गरे करोडौ होइन कति हो कति हो आफै लाई थाहा छैन, तमाम कोसिसका बाबजुत यो मन हारेयो सायद अब तिमीलाई पाउदिन बने लागेयो र तिमीलाई भुल्न तेतिनै कोसिस गरि रहेको छु, तर भुल्छु बनेर काहा भुलिदो रहेछ र चुरोट को धुवाँ जस्तो रहेन छ तानेर उडाए जस्तै यादहरु उडाउन गरो रैछ प्रिय, जब एकानत मा हुन्छु तिमीलाई सम्झन्छु, जब नसामा हुन्छु तिमी लाई सम्झन्छु, आफै सँग हारेको महसुस हुन्छ तिमीलाई सम्झन्छु, मान्छेहरुको भिडमा तिमीलाई सम्झन्छु।

न सम्झिए जस्तो गरेर जिन्दगी चलाई रहेको छु के गर्ने जिन्दगी देखिनै त भागन सकिदो रहेनछ, आजकाल गुम्बा देखि मलाई ‘रिस’ (क्रोध) उड्छ जब जब गुम्बा देख्छु तिमीलाई सम्झन्छु, पानि संग औदि रमाउने मान्छे म ताल देख्दा निरास हुन्छु म, किन कि तालमा तिमीलाई नै सम्झन्छु, मन्दिर देखि विश्वास उडेको छ मन्दिर देख्दा तिमीलाई नै सम्झन्छु, सम्झन कती गाह्रो हुन्छ थाहा छ तिमिलाई, त्यो भन्दा गाह्रो भुल्न हुदो रहेछ, मन पिरल्दो रहेछ प्रिय, पिरलिएको यो मनले मेसेज गर्छु तिमी जबाफ दिन्नेउ मत झन पिरलिदो रहेछु, मलाई सोध्न मन छ मन्दिरमा नरिवल फुटाल्दा तिमिले के मागिकी थियौ ? मन त तिम्रै हात समातेर तिम्रै सहार बेबिक्रे भएर घुम्न्न मन छ ई त सबै कल्पना मत्रै त हुन्।

तिमीलाई सम्झिन भन्दा भन्दै पनि हरेक हप्ता तिम्रै प्रोफाईल खोलेर हेर्छु तिम्रो हरेक फोटो दुनियाको सबै भन्दा सुन्दर लाग्छ मन त मलाई पनि हुन्छ तिम्रो हरेक फोटोमा कमेन्ट गरुम डिअर नाईस पिक, बिउटिफुल माई जान, मन भित्रकी सुन्दरी अनेकन छन भावनाहरु तर म लाईक गर्न पनि डराउछु कतै मैले गर्ने लाईक कमेटले तिम्रो आउने फिउचरमा तिमीलाई गाह्रो त बनाउदै न ? थाहा छैन ई सबै कुरा तिमीलाई भन्नु सही हुन्छ वा गलत ई सबै कुरा लेख्दा म नसामा छु बर्षो भयो तिमी संग नबोलेको तिम्रो आवाज सुने औदी मन छ, अज पनि म त्यही पिजा खाने क्याफेमा कुरी रहेको छु ।

करिब पाँच बर्ष अघि दुब्लो पातोलो केटा सडक नाटकहरुमा देखिने केटा आज बौद्धको क्याफेमा देख्दा अचम्म लागेयो चिन्जान हाम्रो पैले देखिकै थियो तर यत्रो बर्षको खालीले बोल्न असहज नै थियो तर सबै भुलेर मै बोल्न पुगे मिल्क कफि संग ल्याटपमा बेस्त प्रमोदलाई बोलाउदै उनी सगै बसे उनी मलाई हेर्दै मुसुक हासेर बस्नुन भने इसरा गरे, मैले मेसो पाईसकेको थिए धेरै बोल्न नरुचाउने प्रमोद अहिले पनि उस्तै रहेछन् सदै आफू संगै आफ्नै धुनमा रमाई रहन चाहाने प्रमोद म उनिलाई सधै आसाबादी देखि रहन्छु, हरेक विहानीले नयाँ सन्देश बोकेर आउँछ तेस्लाई बुझन जानू पर्छ पाँच बर्ष अघि उनिले भनेको यो पङ्ती मलाई आजपनि याद छ।

मेरो पहिलो प्रश्न थियो उनिलाई नेपाल कैले आउनु भयो?
भयो एक बर्ष । उनको फेसबुक बाट मलाई थाहा थियो कि उनी मुम्बईमा फिल्म मेकिङ पड्दै थिय।

पढाई सक्नु भयो ?

पढेर त कैलेही सकिदो रहेनछ त्यही पनि एक लेवेलको सकियो भनु पर्छ।
उनकै फेसबूक बाट थाहा पाएको थिए केही दिन अघि ‘द गल’ नामक सर्ट फिल्म युटुबमा रिलिज भएको छ।

तपाईं को द गल कति ओटा अन्तरास्ट्रिय फिल्म फेस्टिवल मा पुगेयो?

छ ओट अन्तराष्ट्रिय फेस्टिवल मा सहभागी हुने अबसर मिल्यो।

युटुब मा राख्दा ई कुनै फेस्टिवलको लोगो नाम राख्नु भएन किन?

उनी मलाई हेरेर मुसुक हासे! र बोले
सथीको नताले सोध्दै हुन्छकी पत्रकारको नाताले?

दुबै सोच्दा हुन्छ

हेर्नुस फेस्टिवलमा फिल्म जानू राम्रो कुरा हो, एउटा फिल्म मेकरकोलागी त्यहाँ धेरै अबसरका ढोका भेटिन्छन्, तर फिल्म फेस्टिवलको लोगो राखेर देखाउदा मानिसहरुलाई लागेको प्रतिक्रिया भन्दानी सबै कुरालाई ब्यालेन्स गरेर प्रतिक्रिया दिदाँ रहेछन, म आफ्नो धरातल थाहा पाउन चाहान्छु आम मनिसमा तेसैले मैले लोगो प्रयोग गरिन।

आज भोली के मा बेस्त हुनुन्छ?

एउटा प्रोजेक्ट छ अ सोल यसैको तायारी गर्दै छु ।

के मा आदारित कथा छ?

प्रमोद मलाई हेर्दै मुसुक हासेर क्याफे बाट बाहिर हेर्दै एकै छिन टोलाएका प्रामोद फेरि मलाई हेर्दै मुस्कुराउदै बोले।
आफ्नै भोगाई हो आफ्नै कथा भनु।
यती भन्दै रोकिएका प्रमोद भावुक थिए सायद उनलाई विगतले गच्गचाएको हुनपर्छ।

कथाको बारे केही भन्न मिल्छ?
तपाईंलाई टेक्स्ट गर्दिन्छु नी ।

उनिले टेक्स्ट गरेको भाबनाहरु माथी उलेख गरिएको छ।
फोटो उनको फेसबुक बाट ।


Leave a Reply

Your email address will not be published.