धरानको गोर्खा सिनेप्लेक्समा ‘एउटा यस्तो प्रेम कहानी ’ को स्पेशल शो हुने

कोरोना महामारीले बन्द सिनेमा हल खुले पनि कुनै नयाँ नेपाली फिल्म रिलिज नभईरहेको अवस्थामा शिव श्रेष्ठले निर्माण गरेको फिल्म ‘ एउटा यस्तो प्रेम कहानी ’ ले माघ १गतेबाट देशभर प्रदर्शन गर्ने जमर्को गरेको छ।

अभिनेता शिब श्रेष्ठको यो कदममा साथ दिंदै लायन्स क्लब अफ धरान ,पन्चकन्या र लायन्स क्लबअफ, धरान जुम्बाले धरानको गोर्खा सिनेप्लेक्समा एउटा स्पेशल शो राखेको छ। भोलि साँझ ५ : ३०बजेको स्पेशल शोमा शिब श्रेष्ठको समेत बिशेष उपस्थिति रहने स्थानीय आयोजक लायन्सक्लब अफ धरान पन्चकन्याले जनाएकोछ।

शिवश्रेष्ठ , प्रियंका कार्की ,वर्षा राउत , आयुष्मान देशराज ,मिथिला शर्मा , राजाराम पौडेल , बसुन्धरा भुषाल ,बिष्णु चेम्जोङ्ग , रेखा फागो , सन्जोग कोइराला , प्रभु श्रेष्ठसंगै शिव श्रेष्ठको छोरा शक्ति श्रेष्ठ र करिश्मामानन्धरकी छोरी कविता मानन्धरले पहिलो पल्ट फिल्मको पर्दामा यसै फिल्म मार्फत डेब्यु गर्दैछन।

त्यस्तै चलचित्रकर्मी महासंघ प्रदेश नम्ब १ का अध्यक्ष अरुण कुमार प्रधानले समेत नायक शिव श्रेष्ठसंगै शुक्रबार इटहरी र धरानका दर्शकहरुबीच फिल्म हेर्ने व्यवस्था मिलाउने बताएका छन्। एउटा यस्तो प्रेम कहानीको ट्रेलरसमेत भर्खरै सार्वजनिक गरिएको छ।
विषम परिस्थितिमा हलमा फिल्म चलाउने घोषणा गरेपछि हलहरुले ७०प्रतिशत सेयर दिने घोषणा गरिसकेका छन्।