राजेश र अनुबिक्रम एकसाथ फिल्ममा

लकडाउनपछि म्युजिक भिडियोमा जमेका अभिनेता राजेश हमाल एक फिल्ममा अनुबन्धित भएका छन्। हमाल ४ वर्षपछि अभिनयमा कमब्याक गर्न लागेका हुन् ।  उनी नयाँ फिल्म ‘सत्यम्’मा अभिनय गर्ने भएका छन्। निर्माण टिमसँग ८ महिना लामो छलफलपछि फिल्म खेल्न तयार भएका छन्।

फिल्मलाई ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेका हुन्। फिल्ममा हमालको भूमिका शक्तिशाली भुमिकामा देखिन लागेका छन्। फिल्म ‘शकुन्तला’ पछि कुनै फिल्ममा देखिएका थिएनन्।  हमालसँगै अभिनेता अनुप विक्रम शाही पनि अनुबन्ध भएका छन् । उनी यस फिल्ममा नेगेटिभ क्यारेक्टरमा देखिन लागेका छन्। फिल्म ‘सौर्य’ मा एकसाथ काम गरेका हमाल र शाहीको ‘सत्यम्’ दोस्रो फिल्म होे। यहाँ दुइको भिडन्त दर्शकले हेर्न पाउनेछन्।

फिल्ममा अभिनेत्रीको टुङ्गो लागेको छैन। निर्माण पक्ष चर्तिकै अभिनेत्री लिने तयारीमा रहेको छ। ४ वर्षपछि फिल्ममा अभिनय गर्न लागेका हमालले स्क्रिप्ट र आफ्नो भूमिका चित्त बुझेपछि ४ वर्षपछि फिल्ममा अभिनय गर्न इच्छुक देखिएको निर्माण पक्षले जनाएको छ। हमालका राम्रा भनिएका दुई फिल्म ‘बागमती र शकुन्तला’ असफल भएपछि विभिन्न टिकाटिप्पणी हुदै आएका थिए। फिल्म दुवै असफल भएपछि हमाल फिल्म छनोटका साथै बेला बेलामा आफै निर्देशनमा उत्रिने अभिव्यक्ती दिदै आएका छन्।।