‘सेलेब्स ग्रिट्स’ले जोड्दैछ सेलिब्रेटी र फ्यान

कलाकार र फ्यानलाई जोड्ने पुलका रुपमा ‘सेलेब्स ग्रिट्स’ नामक एप स्थापना गरिएको छ। हिजो एक कार्यक्रमकाबीच सेलिब्रिटीहरुलाइ फ्यान तथा शुभचिन्तकहरुसँग नजिक्याउने उदेश्यका साथ वेवसाइट र एप लञ्च गरिएको हो ।

यस ‘सेलेब्स ग्रिट्स’को ब्रान्ड एम्ब्यासडरमा अभिनेता अनुप विक्रम शाही अनुवन्धित पनि गरिएको छ। अहिलेसम्म यो एपमा ३० भन्दा बढी कलाकार जोडिएका छन् भने अझै सेलिब्रिटीरुलाई पनि जोड्दै लैजाने ‘सेलेब्स गिट्स’का सीइओ इन्जिनियर समुल खड्काको भनाई छ।

आफुले रोजेको सेलिब्रिटीसँग कुराकानी गर्न एपमा सन्देश छोड्नुपर्ने हुन्छ भने सम्बन्धित टिमले सेलिब्रिटीलाई नोटिस पठाउनेछ । त्यसपछि एपमार्फत नै फ्यान वा शुभचिन्तकलाई सेलिब्रटीले सन्देश छोड्न सक्ने सेलेब्स ग्रिट्स डटकमले जनाएको छ ।