टिकटकका कलाकारलाई भ्याइ न भ्याइ,चल्तिका मोडल काइ न काइ

कलाकार बन्नका लागि अहिले राम्रो प्लेटफर्म हो टिकटक । टिकटकबाट आएका धेरै कलाकार भएका छन् भने आम्दानी पनि राम्रै कमाइ रहेका छन। टिकटकमा अभिनेता श्रीकृष्ण श्रेष्ठकै क्यरिकेचर गरेर टिकटकमा धेरै फलोअर्स कमाएका प्रकाश चन्द अहिले एक फिल्ममा अभिनय गरिरहेका छन्।

उनले राजु गिरीको निर्देशनमा बनिरहेको फिल्म ‘तिम्रो हुने कहिले’ मा अभिनेताका रुपमा काम गरिरहेका छन्। फिल्ममा आफुले काम गर्न पाउँदा निकै हर्षित भएको बताए। टिकटकबाट अभिनयमा आउँला र अभिनेताकै भुमिकामा देखिएका भन्ने कुरा आफुले कल्पना भन्दा बाहिर रहेको बताए।

टिकटकबाट नै चर्चा कमाएका प्रकाशले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन । टिकटकबाट उनीमात्र कलाकार बनेका भने होइनन्। उनी भन्दा अगाडी प्रिन्सा र प्रिन्सी पनि टिकटकबाट नै कलाकारितामा आएका हुन्।

त्यस्तै  जुम्ल्याहा दिदी(बहिनी प्रिन्सी र प्रिज्मा अहिले म्युजिक भिडियोमा चल्तिका मोडलका रुपमा परिचित छन्। निकै छोटो समयमा लाखौं फलोअर्स पाएका प्रिन्सा र प्रिन्सीलाई म्युजिक भिडियोका लागि निर्देशकले पच्छाए । यसैबाट अभिनयमा उनीहरु महिनामा लाखौ कमाइ गरिरहेका छन्।

अर्का टिकटकबाटै कलाकार बनेका छन् जुम्ल्याहा दिदीबैनी दीपा–दमन्ता । उनीहरु पनि प्रिन्सा र प्रिन्सी झैँ टिकटकबाट म्युजिक भिडियोमा देखा परेका हुन्। डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ द स्टारर्स नेपाल’मा प्रतिष्पर्धामा आएका दुवैजना अहिले टिकटक र म्युजिक भिडियोमा चर्चित कलाकारमा रुपमा चिनिन थालेका छन्।

आधुनिक गीत तथा लोपपपका गीतमा चलेका मोडललाई पछि पार्दै टिकटकका कलाकार सुधीर श्रेष्ठ अहिले अगाडी छन्। उनले अहिले नेपालमा चलेका गायक गायिकाको गीतमा अभिनय गरिरहेका छन्। उनले नसोचेका सफलता हात पारेको केहि दिन अगाडी बताएका थिए। कलाकारितामा आइएला भनेर नसोचको सफलता टिकटकबाट आएकोमा उनी दंग देखिन्थे। टिकटकबाटै आएकी रेश्मा घिमिरे पनि म्युजिक भिडियोमा व्यस्त कलाकार हुन्। ‘टिकटक क्वन’ रुपमा परिचित छिन्।

कालीप्रसाद बास्कोटाको ‘इन्स्टाको फोटो’बाट म्युजिक भिडियोमा उदाएकी रेश्माले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छन्। रेश्मासँगसँगै आएका अर्का मोडल हुन्,मन्जिल बस्नेत । टिकटकमा झन्डै ४ लाख पलोअर्स कमाएका छन्। गायक चक्र बमको आवाजमा रहेको गीत ‘ओए काजल’ बोलको म्युजिक भिडियोमा देखा परेकी गीता ढुंगाना पनि टिकटकबाट उदाएकी मोडल हुन् । विषेश गरि उनको देउडामा हाउभाउमा टिकटक बनाउने गर्छिन्।

कलाकार नै विस्तापित हुने अवस्था

टिकटकबाट मोडल तथा कलाकार बन्न थालेपछि म्युजिक भिडियोमा एकछत्रराज गरेका कलाकारहरु विस्तापित जस्तै बनेका छन्। पुराना अनुहार अहिले म्युजिक भिडियोमा देखिदैनन् । टिकटकबाट आएका कलाकारले बजार लिएपछि उनीहरु अन्यत्र व्यवसाय चलाउने कोसिस गरिरहेका छन्। केहि कलाकार भने टिकटकका भाइरलसँगै मिलेर काम गरिरहेका छन्।

म्युजिक भिडियोमा अहिले पुराना कलाकार र टिकटकका कलाकारसको प्रतिष्पर्धा नै चलेको छ। हरेक दिन सुटिङ छ भन्दे म्युजिक भिडियोमा बार्गेनिङ गर्ने कलाकारहरु अहिले घाम तापेर बसिरहेका छन्। कोही टिकटक बनाउँदै आफै रमाउँदै छन्।