लोक तथा दोहोरी प्रतिष्ठान बाट पुर्णिमा तामाङ सम्मानित

गायिका पुर्णिमा तामाङ सम्मानित भएकी छन्। उनलाई हिजो भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको २०औ वार्षिक साधारण सभाको अवसर सम्मानित गरिएको हो ।

उनलाई राष्टिृय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यलयद्वारा मानार्थ सदस्यताका प्रमाण सहित दोसाल्ला ओढाई सम्मानित गरिएको थियो । प्रतिष्ठान बाट सम्मानित भए पश्चात गायिका तामाङले आफुमाथी गीत संगित क्षेत्रमा अग्रसरका लागि थप उर्जा मिलेको बताईन्।

कलिलो उमेरमै गायनमा चर्चा बटुलेकी गायिका तामाङले झन्डै चार सय भन्दा बढी गीत गाईसकेका छन । ‘फुल भनौ जिन्दगीलाई, तिम्रो एउटा झुटले, मुुटु जली खरानी भो, एक्लो भए म, तिमी बिना पागल भाछु, तिम्रो मनमा जस्ता ४ सय भन्दा बढि गीतमा आवाज दिएकी छन्। उनका गीतहरु अहिले स्रोता तथा दर्शकमाझ लोकप्रिय बनेका छन्।

गायिका पुर्णिमाले देश तथा विदेशमा हुने थुप्रै कार्यक्रममा सहभागिता जनाइसकेकी छन्। उनले ‘हङकङ, कोरिया, मलेसिया, युएइ, कतार, लगायत थुप्रै देशहरुमा रहेका नेपालीमाझ प्रस्तुती दिइसकेकी छन्।