दुर्गेश थापालाई पुत्र लाभ

गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । उनकी श्रीमती प्राची लामाले शनिबार बिहान छोरो जन्माएकी हुन् । आफ्नो छोरो जन्मिएको गायक थापाले जानकारी दिएका छन् ।

गायक दुर्गेशले विवाह गरेको जानकारी अहिलेसम्म सार्वजनिक गरेका थिएनन्। उनले विवाह गरेको एक बर्ष भइसके छ। काठमाण्डौको ह्याम्स अस्पतालका अनुसार आमा र छोराको स्वास्थ्य अवस्था राम्रो रहेको छ । गायक थापा गायनका साथै मोडलिङमा चर्चित छन्।