यस्तो छ अन्जलीले हलिउडमा खेल्न लागेको फिल्म

नुवाकोटी अन्जली लामा हलिउड फिल्ममा अभिनय गर्ने भएकी छन् । नुवाकोटकी लामाले ६ भागमा निर्माण हुने ‘सेयरिङ ए राइड’ मा अभिनय गर्न लागेकी हुन् ।

मोडलिङको दुनियाँमा फरक पहिचान बनाएकी लामाले लीना यादवले निर्देशन गर्ने फिल्ममा काम गर्न लागेकी हुन् । यस फिल्मा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसको पनि अभिनय रहनेछ ।

उनले अभिनय गर्न लागेको फिल्मलाई एक एन्थोलजी फिल्मका रुपमा हेरिएको छ। यसको शीर्षक ‘वुमेन्स स्टोरीज’ राखिएको छ । फिल्मलाई लर्वोलिनो इन्टरटेन्मेन्टको को(प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण गर्नेछन्। यस फिल्ममा महिलाको जिन्दगीका फरक फरक पाटोमा देखाउन लागेको निर्माणपक्षले जनाएको छ। यस फिल्ममा कारा डेलेविन्ज, ईवा लोन्गोरिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ ।