सुदुर छोडेकी बर्षा ‘कालिपुरुष’मा अनुबन्धित

अहिलेको व्यस्त अभिनेत्री हुन् वर्षा सिवाकोटी । उनले एकपछि अर्को फिल्ममा अभिनय गरिरहेकी छन् भने हालै नयाँ फिल्ममा पनि साइन गरेकी छन् । उनले हिजो फिल्म ‘कालिपुरुष’ साइन गरेकी हुन् ।

विना कार्कीको निर्माणमा बन्न लागेको यस फिल्ममा अभिनेत्री बर्षाले साइन गरेकी हुन् । फिल्मलाई राघव आचार्यको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा मानकृष्ण महर्जनको छायांकन रहनेछ । सस्पेन्स थ्रिलर कथामा बन्न लागेको यस फिल्ममा नव–नायकका रुपमा रमेश बाँनियाको पनि मुख्य भूमिका रहनेछ । फिल्ममा बर्षा र रमेशका अलवा अन्य कलाकारको पनि छनोट भइरहेको छ ।

फिल्मको छायांकन यहि महिनाको अन्तिमबाट हुने निर्माण पक्षले जानकारी दिएको छ ।इभाना इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । अभिनेत्री बर्षाको फिल्म ‘परदेशी २’ ‘लक्का जवान, मनसँग मन’ रिलिजको तयारीमा रहेको छन् ।