‘क्राईम पेट्रोल नेपाल ’ मा दीपकराज गिरी

हास्यकलाकार दीपकराज गिरीले नयाँ कार्यक्रम टेलिभिजनमार्फत ल्याउने भएका छन् । उनले हिजो मात्रै खुलेको नयाँ टेलिभिजन ‘ग्यालेक्सी टेलिभिजन फोर के’ टेलिभिजनमार्फत ‘क्राईम पेट्रोल नेपाल ’ नामक कार्यक्रम मार्फत आउन लागेका हुन् ।

हिजो टेलिभिजनको उद्घाटन कार्यक्रममा कलाकार दीपकराज गिरीले नयाँ कार्यक्रम लिएर आउन लागेको जानकारी दिएका थिए । हास्य सिरियल तितो सत्य , रेडियो कार्यक्रम धनियाँ के दुनिया र कान्तिपुर एफ एममा नो टेन्सन चलाएका दीपकको यो कार्यक्रम नयाँ र पृथक हुनेमा विश्वास गरिएको छ ।