‘हरिहर शो’लाई निर्देशन गदै नीता ढुंगाना

अभिनेत्री नीता ढुंगाना पनि निर्देशक बन्ने भएकी छन् । उनको निर्देशनमा ‘श्रीमद्भगवत गीता’ बेव सिरिज निर्माणको तयारी भइरहेको छ । नीताको निर्देशनमा ‘द हरिहर अधिकारी शो ’टेलिभिजनमार्फत आउन लागेको हो ।

नायिकाबाट गायिका बनेकी नीता केहि वर्ष यता धर्मकर्ममा निकै ध्यान दिन थालेकी थिइन् । उनको हरिहर अधिकारीसँग अफेयर चलेको कुराले बेला बखत सामाजिक सञ्जाल तथा तथा समाचार बजारमा आइरहेका हुन्छन् ।

तर, उनीहरु खुलेर प्रेम सम्बन्ध स्वीकार गरेका भने छैनन् । प्रेम अस्वीकार गरेता पनि उनीहरुबीच अब व्यवसायिक सहकार्य भने गर्न लागेका छन् । हरिहर कान्तिपुर टेलिभिजनमा ‘मार्गदर्शन’ कार्यक्रम सञ्चालन गर्दा चर्चामा आएका थिए भने केहि चलचित्रमा अभिनय समेत गरेका छन् ।
नीताको निर्देशनमा बनेको ‘द हरिहर अधिकारी शो’को केहि भाग खिचिसकिएको जानकारी आएको छ । जसमा रेखा थापा, कोमल ओली अतिथी रहेको समाचार बाहिरिएको छ । शो कहिले र कहाँबाट प्रसारण हुने हो त्यो भने जानकारी दिएएको छैन ।