अभिनेत्री रञ्जनाले कसिन निकेशसँग लगन गाँठो

अभिनेत्री रञ्जना शर्मा बैबाहिक जीवनमा बाँधिएकी छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएकी रञ्जनाले बुधवार उनले प्रेमी निकेश सिलवालसँग विवाह गरेकी हुन् । सेतो रंगको आकर्षक गाउनमा सजिएकी रञ्जनाले विवाहका तस्विर तथा भिडियोहरु फेसबुकको स्टोरीमा पोस्ट गरेपछि विवाह गरेको कुरा बाहिरिएको हो । उनीको विवाह समारोहमा अमेरिकामा बसोबास गर्ने फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो ।
निकेश होटेल म्यानेजमेन्ट अध्ययन गरेका छन् । रञ्जना र निकेश केही वर्षदेखि प्रेमदेखि सम्बन्धमा रहेको खुल्न आएको हो । उनीहरु बाल्टिमोरमा एकसाथ बस्दै आएका थिए । अभिनेत्री रञ्जनाको यो दोस्रो विवाह हो । उनको पहिलो विवाह निर्देशक श्याम भट्टराईसँग भएको थियो । उनीहरुकोको लामो समय सम्बन्ध टिक्न सकेन । अन्ततः डिभोर्स भएको थियो । रञ्जनाले नेपाल टेलिभिजनबाट प्रसारित टेलिफिल्म ‘जानकी’मा अभिनय गर्दै रजतपटमा प्रवेश गरेकी थिइन् । त्यसपछि फिल्म ‘मौसम’, ‘ध्रुवतारा, हे युवा’ लगायतमा अभिनय गरेकी थिइन् ।