कोरोना महामारीबीच नै थालियो बाबरीको छायांकन

सरकारले देशभर कोरोना संक्रमतिको संख्या बढेको भन्दै विद्यालय, फिल्म हल लगायतका क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । यसैबीच आजबाट फिल्म ‘बाबरी’को छायांकन थालिएको छ । अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकीको मुख्य भूमिका रहने फिल्म ‘बाबरी’ को मोरङको लेटाङमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरेको हो ।

यस फिल्मलाई ‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । फिल्मको छायांकन सेड्युल पनि राखिएको छ । दुई साता पूर्वका विभिन्न स्थानमा छायांकनपछि निर्माण टिम सिक्किम प्रस्थान गर्नेछ । कोरोनाको जोखिम हेरेर फिल्मको छायांकनलाई तिव्रता दिने निर्माणपक्षको छ । फिल्ममा त्रिकोणात्मक प्रेमकथा मा निर्माण हुन लागेको हो । यस फिल्ममा धिरज र अदितीसँगै अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज टोटलानीको रहने छ ।
फिल्मलाई नरेन्द्र मैनालीले खिचिरहेका छन् । त्यस्तै फिल्ममा एन्जिला खत्रीको कोरियोग्राफी रहने फिल्मका गीतमा कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईंको संगीत रहने छ ।