सलोनको ‘डाँडाँको वर पीपल’को गीत किन चलेन

फिल्म ‘डाँडाँको वर पीपल’को ‘रुन्छ नी मेरो मन’ बोलको गीत भएको झन्डै एक सातामा ६८ हजार ९ सय भन्दा ७६ पटक हेरिएको छ । गीतको भाका राम्रो भएता पनि हेर्न दर्शकको भने कमी भएको देखिन्छ । यस गीतलाई गायक राजेशपायल राई र गायिका सत्यकला राइले स्वर दिएका छन् भने गीतमा नवराज गिरीको शबद, शिव मुखियाको संगीत सुन्न सकिन्छ ।

पारिवारिक कथामा बनेको यो फिल्मको गीतमा मुख्य कलाकारहरु गौरी मल्ल, शिव श्रेष्ठ र सलोन बस्नेतलाई अभिनय गराइएको छ ।
शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा नवराज गिरीको लगानी, सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, गोविन्द राइको नृत्य निर्देशन छ ।
बुढासुब्बाको युटुव च्यालनबाट रिलिज भएको यो गीतले गाउँ र परिवारको याद आएपछि व्यक्त भएको भाव प्रस्तुत गर्न खोजेको छ । युटुवकर्ताले कमेन्ट बक्स गीतलाई राम्रो प्रतिक्रिया दिएका छन् । यस फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।