अस्पतालबाट प्रेमध्वज प्रधानलाई सम्झिँदै मदनकृष्णले लेखे यस्तो भावुक स्टाटस

गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनप्रति हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गहिरो दुःख ब्यक्त गरेका छन् । उनले अस्पतालबाट नै सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेका हुन् । कोरोना संक्रमित भएका मदनकृष्ण चार दिन अघि स्वस्थ्ये सुधार नआएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचारार्थ श्रेष्ठ रहेका छन् ।

उनले सामाजिक सञ्जालमा प्रधानको निधनमा दुःख व्यक्त गदै लेखेका छन्,‘ हाई मेरो प्यारो प्रेमध्वज प्रधान दाई, हार्दिक श्रद्धाञ्जली छ तिमीलाई, भन्दै अगाडी लेखेका छन्–‘२०२६ सालमा कवि दुर्गालाल दाईको शब्दलाई तिम्रै संगीतमा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले । मैले आफ्नो जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफुलाई पनि भाग्यमानी सम्झेको छु ।’
प्रधानको निधनको खबरमा आफुले आँसुका धारा थाम्न नसकेको समेत स्टाटसमा उल्लेख गरेका छन् । मदनले गायक प्रधानको तस्बिर हेरेर मन बुझाउनु बाहेकको अहिले अर्काे विकल्प नरहेको समेत स्टाटसमा लेखेका छन् । उनले आफु अस्पतालमा भर्ना भएको र निकै भएपछि चाँडै नै बागबजार स्थित प्रेमलाई भेट्न आउने आफ्नो योजना रहेको स्टाटसमा उल्लेख गरेका छन् । उनले थप लेखेका छन् ,‘प्रेमध्वज कहिलै आँखामा नबिझाउने गायक हुन् ।
उनले लेखेको स्टाटस यस्तो छ,‘ हाई मेरो प्यारो प्रेमध्वज प्रधानदाई,

हार्दिक श्रध्दाञ्जलि छ तिमीलाई,

२०२६ सालमा कबि दुर्गालाल दाईको शब्दलाई तिम्रै संगीत मा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाइला अगाडी बढाएको थिएँ मैले।

कसैको आँखामा पनि नबिझाउने मान्छे तिमी । मनमा मानबता भएको ब्यक्ति तिमी कसैको कुभलोको शब्द नबोल्ने हृदयमा भगवान भएको गायक तिमी। मैले आफ्नु जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफुलाई पनि भाग्यमानी सम्झेकोछु । म फेरि मेडीसिटि हस्पिटलमा भर्ना भएकोछु । कोरोनालाई जित्छु भन्ने आत्मबिश्वास छ ।
चाँडै निकोहुनेछु र निको भएर हस्पिटलमा या बागबजार घरमा तिमीलाई भेट्न आउने सोँचाईमा थिएँ ।

तर तिमीले त हामी सबैलाई छोडेर पो गईसकेको रहेछौ…!!! मैले मेरा आँसुका धारा थाम्न सकिंन दाई ।

“गोरेटो त्यो गाउँको लौन आज“भन्ने गीत कानमा ठूलो ठूलो आवाजमा गुन्जीरहेकोछ।

माईती घरको “ नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो“ गीतमा तिम्रो अद्वितीय स्वर्णिम स्वरको सम्झना भैरहेकोछ।

“घुम्तीमा नआउ है आँखा तिमी जुधाउन “ भन्थ्यौ अब तिम्रो तस्बिर हेरेर मन बुझाउनु बाहेक के नै बाँकि रह्यो र …

तिम्रो आत्मालाई चीर शान्ती मिलोस।

हार्दिक श्रध्दाञ्जलि छ है दाई

तिमीलाई माया गर्ने तिम्रो प्यारो भाई उहि मदनकृष्ण श्रेष्ठ –