अमेरिकामा मनाईन् सुहानाले आफ्नो २३ औँ जन्मदिन

अभिनेत्री सुहाना थापाले अमेरिका पुगेर आफ्नो २३ औँ जन्मदिन मनाएकी छन् । फिल्म ‘ए मेरो हजुर ३’बाट नेपाली फिल्म नगरीमा प्रवेश गरेकी सुहाना थापाले सधैँ भव्य रुपमा जन्मदिन सेलिब्रेट गर्दै आएकोमा परिवारका साथ अमेरिकामा मनाएकी छन् । उनीहरु केहि दिन अघि नेपालमा कोरोनाको दोस्रो लहर बढ्न थालेपछि अमेरिका प्रस्थान गरेका थिए ।

उनी अभिनित फिल्म ‘ए मेरो हजुर ४’को छायांकन सकेर प्रदर्शनको तयारीमा रहेको छ । निर्माण पक्षका अनुसार यस फिलमको रिलिज मिती आगामी भदौ १८ गतेलाई तोकिएको छ । तर, कोरोनाको दोस्रो लहरका कारण रिलिज हुन्छ या हुँदैन, अहिलेसम्म एकिन छैन । अध्ययनका क्रममा लामो समयदेखि अमेरिकामा बस्दै आएकी सुहाना फिल्म ‘ए मेरो हजुर ३’मा खेल्नका लागि नेपाल आएकी थिइन् ।

त्यसपछि यसैको सिक्वेलमा उनले अभिनय गर्ने मौका पाएकी हुन् । पहिलो फिल्मबाट नै चर्चामा आएकी सुहानाले तारिफ पनि उतिकै बटुलेकी थिइन् । अव उनको दोस्रो फिल्मले के गर्ने हो त्यो भने हेर्न बाँकी नै रहेको छ । यस फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् भने लगानी सुनिल कुमार थापाको छ ।