करिश्मा, रेजिना र उषाको निशालाई आर्थिक सहयोग

अभिनेत्री तथा मोडल निशा घिमिरेको लागि सहयोगी हातहरु जुट्न थालेका छन् । शनिवार अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले निशा बस्दै आएको भैसैपाटी घरमै पुगेर उनका पितालाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

करिश्माले २५ हजार र रेजिनाले १० हजार सहयोग गरेका हुन् । अमेरिकामा बस्दै आएकी अभिनेत्री उषा पौडेलले पठाएको २२ हजार सहयोग प्रदान गरेका छन् ।
आर्थिक अभावका कारण सडक दुर्घटनामा परेकी निशाको उपचार तथा आर्थिक सहयोगका लागि चलचित्र कलाकार संघले सहयोग अभियान समेत ाथलेकोा छ । संघका अध्यक्ष रविन्द्र खड्काको नेतृत्वमा सहयोग अभियान सञ्चालन गरिएको संघका प्रवक्ता मोहन निरौलाले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।
निशाको स्वास्थ्यमा सुधार आउनेमा नर्भिक अस्पतालका चिकित्सकहरु विश्वस्त छन् । उनले फिल्म ‘मधेशीपुत्र २’ सँगै केही टेलिसिरियल र थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।