ह्याप्पी बर्डे शिव श्रेष्ठ

आज अभिनेता शिव श्रेष्ठ ६७ बर्ष पुगेको अवसरमा आफ्नो जन्मदिन मनाउदैछन् । नेपाली फिल्ममा एक्सन किङको रुपमा परिचित श्रेष्ठले नेपाली फिल्म बाहेक विदेशी फिल्ममा पनि अभिनय गरेका छन् ।

जीवन रेखा, ठूल्दाई, चिनो, ट्रक ड्राइभर, धर्मसंकट लगायत थुप्रै नेपाली फिल्म हिट दिएका श्रेष्ठले बङ्गलादेश, पाकिस्तान, श्रीलंका र जापानका गरेर डेढ सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । करिव ४० वर्ष नेपाली फिल्म क्षेत्रमा प्रायः एक्सन भूमिका नै निर्वाह गर्दै आएका छन् ।
पछिल्लो समय श्रेष्ठ अभिनित फिल्म ‘प्रेम गीत ३’ प्रदर्शनको तयारीमा रहेको छ । २ सय वर्ष अघिको नाङका एक राजाको भूमिकामा श्रेष्ठ देखिएका छन् ।
प्राय क्याजुलअल ड्रेस प्रयोग गर्ने श्रेष्ठको धेरै मनपर्ने पहिरन राष्ट्रिय पोसाक दौरासुरुवाल रहेको छ । यसका अलवा उनी जिन्स पाइट, टिसर्ट, सर्ट पाइन्ट धेरै लगाउने गरेको देखिन्छ ।