अनुको सिउँदोमा सिन्दूर देखेपछि फ्यानले सोधे : सविनसँग बिहे भएको हो ?

सरकारले गत बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेपछि अभिनेत्री अनु शाह टिकटकमा बढि रमाएकी छन् । टिकटकमा प्रेमी अभिनेता सविन श्रेष्ठसँगको अभिनयले बढि चर्चा पाउने गरेको छ भने बेला बेलामा खाना बनाउँदा सविनले सिकाएको भिडियोलाई टिकटकका दर्शकले मन पराएका छन् ।

केहि समय अघि निषेधाज्ञाका समयमा अनुलाई सविनले घरबाट अनुको घर पुगेर गाडी कुदाउन सिकाउँदाको दर्शकको रोजाईमा परेको थियो । आफ्नै युटुव च्यानलबाट आफ्नो गतिविधिको बारेमा जानकारी गराइरहेका अभिनेता सविन र अनुको जोडीलाई दर्शकले रुचाएका पनि छन् । लामो समय देखि प्रेममा रहेका यि जोडीले ‘लक्ष्य र आधी बाटो’ फिल्ममा एकसाथ काम गरेका थिए ।

सविनको घरमा नै पुगेर अनुले खानेकुरा पकाएको र दुवैजनाले खाएको साथै रमाइलो कुराकानी टिकटक र युटुवमा छ्यास् छ्यास्ती देख्न पाइन्छ । उनीहरुको यो गहिरो प्रेमलाई निषेधाज्ञामा थाहा पाएका दर्शकहरुले सविन र अनुलाई विवाहका लागि सुभाव दिइरहेका छन् । सायद दर्शकको सुझावको या सरप्राइज आइतवार अनुले टिकटकमा सेतो रंगको कुर्थामा ‘को होला त्यो ?’ बोलको फिमेल भर्सनको गीतमा टिकटक बनाउँदा उनको सिउँदोमा सिन्दूर देखिएको छ । उनको त्यो सिउँदोमा सिन्दूर लगाउनुलाई दर्शकले के तपाईको सविनसँग विवाह भएको हो भन्ने खाल्का प्रश्नहरु गरिरहेका छन् ।

नेपाली समाज र परम्परा अनुसार विवाहित महिलाले मात्र सिउँदोमा सिन्दुर लगाउने चलन छ । अनुको सिउँदोमा सिन्दूर देखेपछि दर्शकले कहिले विवाह गरेको भन्दै बैबाहिक जीवनको शुभकामना समेत दिएका छन् । यस यसको जवाफ अनुले फर्काएकी छैनन् । अनु र सविन विवाह बन्धनमा बाँधिएका हुन् वा होइनन् ? भन्ने कुरा पक्कै पनि सविन कै युटुव च्यानल या टिकटकबाट थाहा पाइएला नि है ।