अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)का विजेताले पाए पुरस्कार

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)का विजेतालाई पुरस्कार वितरण गरिएको छ । गत बैशाख २३ देखि २७ गतेसम्म भर्चुअलको माध्यमबाट सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को पुरस्कार वितरण गरिएको हो ।

कोरोनाको कारण अनलाइनबाट विजेता घोषणा गरिएको थियो भने पुरस्कार बितरण गर्न केहि बाँकी रहेको थियो । बाँकी रहेको पुरस्कार निफले आज राजधानीमा एक कार्यक्रमका बीच विजेतालाई पुरस्कार प्रदान गरिएको हो ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान आयोजक रहेको फिल्म फेििस्टभलममा पाँच अन्तर्राष्ट्रिय अवार्डमध्ये एक आइतबार प्रदान गरिएको र बाँकी कुरियर मार्फत् पठाइएको आयोजक पक्षले जानकारी दिएको छ । कार्यक्रममा ७ राष्ट्रिय अवार्ड समेत बाँडिएको थियो ।

‘निफ’मा फिल्म ‘आमा खान्डो’ ले एकलाख नगद राशीको स्वदेशी फिचर फिल्मतर्फ पुरस्कार पाएको थियो भने यही फिल्मबाट डान्डुप छिरिङले उत्कृष्ट निर्देशक अवार्ड हात पारेको थियो । अर्को फिल्म ‘लाटकोसेरो’बाट उत्कृष्ट नायक–नायिका अवार्ड नविन शिल्पकार र सरिता गिरीले पाएका थिए भने उत्कृष्ट छायांकारको अवार्ड पनि यसैले जितेको थियो ।

फिल्म फिचरबाट उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आइ एम’बाट सर्जियो बासोले जित्न सफल भएका थिए । त्यस्तै, प्यानडेमिक डकुमेन्ट्रतर्फ ‘सिभिल सोल्जर्स’ ले ५० हजार राशीको अवार्ड यसैका निर्देशक गणेश पाण्डेले जितेका थिए । ५० हजार राशीकै राष्ट्रिय सर्ट फिल्मको अवार्ड राजेशप्रसाद खत्री निर्देशित ‘अ स्केयरक्रो’ ले प्राप्त गर्न सफल भएको थियो ।