फिल्म ‘लव सर्कल’को फष्टलुकमा अटाए नाजिरदेखि दले दाइसम्म

फिल्म ‘लव सर्कल’को फष्टलुकको रुपमा पोस्टर सार्वजनिक भएको छ । थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘लव सर्कल’ को फष्टलुकको पोस्टर सार्वजनिक भएको हो । सार्वजनिक भएको फष्टलुकको पोस्टरमा अभिनेता नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रविन झा, रिस्ता बस्नेत र कमेडी च्याम्पियनबाट चर्चामा आएका दलेका उपनामले चिनिएका सुमन कोइराला रहेका छन् ।

यस फिल्मलाई ओमप्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् । कमेडी र सस्पेन्स बिषयबस्तुमा निमाृण भएको यो फिल्मलाई डिजिटल प्लेट फर्ममा रिलिज गर्ने निर्माणपक्षले जनाएको छ । यस फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् ।

अंकितबाबु अधिकारीको संगीत, श्रीधर अभिमन्यु निरवीको लेखन रहेको यो फिल्ममा दिव्य सुवेदीको छायांकन र पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ । यहि २९ साउनबाट फिल्म डिश होमबाट रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।