‘किस्मत’ले किस्मत फेरिएका आर्यनलाई जन्मदिनको शुभकामना

नेपाली फिल्म क्षेत्रमा छुट्टै पहिचान बनाएका अभिनेता हुन् आर्यन सिग्देल । चक्लेटी हिरोको रुपमा नेपाली फिल्ममा प्रवेश गरेका आर्यनले एक्सन फिल्मको हालीमुहालीलाई ओझेलमा पारेको थियो । लभस्टोरी फिल्ममा उनको हाउभाउ र बोलीचालीले आर्यनलाई दर्शकमाझ पहिलो फिल्मबाट नै चिनाएका थिए ।

फिल्म ‘किस्मत’ बाट अभिनेताको रुपमा सानदार डेब्यू गरेका आर्यनलाई लभस्टोरी फिल्ममा नै सुहाएको थियो । उनलाई दर्शकले फिल्म ‘किस्मत’ पछिका फिल्ममा पनि दर्शकले लभस्टोरीकै रुपमा हेर्न चाहे । उनले लभस्टोरी मात्र नभएर हरर, कमेडी, एक्सनभन्दा लभस्टोरी सबै खाल्का फिल्ममा अभिनय गरे । तर दर्शकले उनलाइृ लभस्टोरी फिल्ममा नै बढी रुचाए ।

उनी अभिनित फिल्म ‘कसले चो¥यो मेरो मन’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘के यो माया हो’, ‘कोही मेरो’, ‘नाईं नभन्नू ल ३’ फिल्ममा दमदार अभिनय गरेका छन् । दर्शकले आर्यनको फिल्म खोज्नु र भन्नु पर्यो भने यिनै फिल्मलाई लिने गरेका छन् । अझ भनौँ भने आर्यन अभिनीत यादगार फिल्म यि नै हुन् ।

आज उनै अभिनेता आर्यन सिग्देलको जन्मदिन परेको छ । २०४१ साल साउन २१ गते थानकोटमा जन्मिएका आर्यनले आज ३७ औं जन्मदिन मनाउदैछन् । उनको न्वारनको नाम हरिश सिग्देल हो । उनले आफ्नो जन्मदिनका अवसर पारेर बिहीवार ‘जब’ बोलको म्यूजिक भिडियो यूट्युबमा सार्वजनिक गरिएको छ । उनलाई फिल्मकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको बधाई तथा शुभकामना दिनेक्रम विहान देखि नै जारी रहेको छ । हाम्रोतर्फबाट पनि अभिनेता आर्यन सिग्देललाई जन्मदिनको धेरै धेरै शुभकामना । आगामी दिन अझ फलदाय बनोस् ।