‘म कमरेड’ को पोस्टर सार्वजनिक

चलचित्रमा सिताराम कट्टेल र कुन्जना घिमिरेको निर्माण, निर्देशन, कथा, स्क्रीन प्ले र डाइलग रहेको छ । सुबिहानी फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्र सुदिप बरालले खिचेका हुन् ।

चलचित्रमा धुर्मुस सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डङ्गोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमीला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य, सुशीला थापालगायतको अभिनय रहेको छ ।