फिल्म बन्दै ‘सम्झिनी पानी छम्किनी’

एक महिना अघि सार्वजनिक भएको गीत ‘सम्झिनी पानी छम्किनी’को नाममा फिल्म निर्माण हुने भएको छ । यसका गायक तथा मोडल सम्राट चौलागाँइले यहि आफ्नो हिट गीतको नामबाट फिल्म निर्माण गर्ने भएका हुन् ।

यो फिल्मलाई निर्देशक विक्रम स्वाँरले निर्देशन गर्ने गायक चौलागाँइले जानकारी दिएका छन् । अहिले फिल्मको स्क्रिप्ट लेख्ने काम सुरु भएको छ । सम्राटका अनुसार, यो फिल्मलाई कमेडी जनरामा निर्माण गरिनेछ । फिल्ममा नयाँ पुराना कलाकारले अभिनय गर्नेछन् भने कोरोना कहर कम भएर छायांकनमा निस्कने निर्माण पक्षको भनाई छ ।