सौगातसँग मिलेर अर्को फिल्म गर्दै सुवर्ण

निर्देशक सुवर्ण थापाले अभिनेता सौगात मल्लसँग मिलेर अर्को फिल्मको तयारीमा जुटेका छन् । उनले आज आफ्नो फेसबुक स्टोरीमा स्क्रिप्टको एक तस्विर पोस्ट गर्दै नयाँ फिल्मको घोषणा गरेका हुन् । सुवर्णले फिल्मको समेत नाम जुराएका छन् । फिल्मको नाम ‘दंश’ समेत राखेका छन् ।

दसैंपछि देखि छायांकनमा निस्कने यस फिल्मको स्क्रिप्ट लक भएको निर्माण पक्षले जानकारी दिएका छन् । सौगात मल्लको आदियोगी भिजन र सुवर्ण थापाको अमी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा कसले निर्देशन गर्ने हो भन्ने बारेमा टुंगो लागेको छैन ।
नयनराज पान्डेको स्टोरी र डाइलग रहेको फिल्मको स्क्रिनप्ले सुवर्ण स्वयंको हो । दोस्रो पटक सौगातसँग मिलेर फिल्म निर्माणमा गर्न लागेका हुन् । यस अघि सौगातसँग मिलेर सुवर्णले फिल्म ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गरिसकेका छन् । अहिले यो फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।