अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति सर्यो

 

नायक अनमोल केसी र नायिका सुहाना थापाको ‘ए मेरो हजुर ४’ फिल्म भदौबाट सरेर चैतमा पुगेको छ । यसअघि नारी दिवसको अवसर पारेर भदौ १८ लाई प्रदर्शन मिति घोषणा गरेको फिल्म अब भने चैत २५ मा प्रदर्शनमा आउने भएको छ । कोरोना भाइरसको कारणले गर्दा ए मेरो हजुर ४ को पूर्व घोषित मिति भाद्र १८ मा रिलिज गर्न नसकेको नायिका झरना थापाले सामाजिक संन्जाल फेसबुक मार्फत जानकारी दिएकी छन् । उनीहरूले महामारीका कारण निर्धारित मितिमा फिल्म प्रदर्शन नसकेको उल्लेख गर्दै अवस्था सामान्य रहे वर्षको अन्तिममा फिल्म रिलिज गर्ने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा झरना थापाले लेखेकी छन् :

बिस्वब्यापी माहामारी कोरोनाको कारणले हामीले निर्माण गरेको चलचित्र -ए मेरो हजुर -४
पूर्व घोषीत मिती भाद्र १८ मा रिलिज गर्न सकेनौ !
अब बिस्तारै कोरोना कहर पनि कम हुँदै गएको साथै नेपाल सरकारले सिनेमा हलहरु पनि खोलने अनुमती दिएकोले बिस्तारै चलचित्र क्षेत्र पनि चलायमान हुने कुरामा हामी पनि आशाबादी छौ !
त्यसै अनुरुप हामीले हाम्रो चलचित्र -ए मेरो हजुर -४ को प्रदर्शन आउने चैत्र महिनाको २५ गते गर्ने निर्णय गरेका छौ संसारलाइ परेको अप्ठेरो समयले हामी सबै लाई छोडेन
सम्पूर्ण चलचित्रकर्मी ,दर्शकहरुको साथ र सहयोग कोअपेक्षा राखेका छौ !