स्टान्डअप शो निर्देशन गर्दै ‘प्रेम गीत–३’ अभिनेता राउत

काठमाडौं- चलचित्र ‘प्रेम गीत–३’बाट अभिनय यात्रा शुरु गरेका मनिष राउतले स्टान्डअप शो ‘इएफए स्टान्डअप’ निर्देशन गरिरहेका छन्। चलचित्र रिलिज नभए पनि विभिन्न ब्रान्डसँग जोडिएका राउत ब्राण्ड एम्बासडर रहेको क्लोथिङ ब्राण्ड ‘डक्टर डेनिम’ले मनिषको शोलाई प्रमुख प्रायोजन गरेको छ।

काठमाडौंंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट फिल्म एकेडमीले उक्त शो निर्माण गरेको हो। यो स्टान्डअप चलिरहेका शोहरु भन्दा पृथक रहेको निर्देशक राउतले बताए । शोमा एउटा कलाकारलाई विभिन्न चरित्रमा देख्न पाइने उनले बताए। शोका केही श्रृंखला सार्वजनिक गरिएको छ।

‘इएफए इन्टरटेन्मेन्ट’ नामक युट्युब च्यानलबाट साप्ताहिक रुपमा यो श्रृंखला आउने मनिषले बताए। शोमा एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुकै सहभागिता रहने जनाइएको छ । गौरीशंकर धुँजुको डीओपी रहेको शोमा सौरभ पोखरेल, रञ्जन कक्षपति र विकास सिटौलाले क्यामेरा चलाइरहेका छन्। सम्पादन रोहन कुमालले गरेका छन्। निर्माता विशाल श्रेष्ठ र जोस्चल राजभण्डारी हुन्। निर्देशक मनिषले एकेडेमीसँगको सहकार्यमा विभिन्न सिरिज र चलचित्रहरु बनाउने बताए ।