शिब परियार भन्छन्-“पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” (फोटो फिचर )

काठमाडौं- गायन क्षेत्रमा चर्चित एवं अब्बल कलाकारको रूपमा चिनिन्छन् गायक शिव परियार । गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन् । पछिल्लो समय गायक परियारको “पिउँदिन भन्दा भन्दै पिलायो साथीले “ को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरी अर्को गीत “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल सहित इम्प्रेसन इन्टरटेनमेन्टले चाँडैनै बजारमा ल्याउने भएको छ । सोही गीतमा मनोरञ्जन उद्योगका सिद्ध हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कन हरि हुमागाईँको संलग्नतामा अत्यन्त भव्यताका साथ क्लब प्ल्याटिनममा सोमबार उक्त गीतको छायाङ्कन सम्पन्न भएको छ । यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स , अञ्जलि लुइँटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहने छ ।मिडिया हब प्रा. लि. बाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।

महान् चार्ड वडा दसैँ नजिकिँदै गर्दा सोही दसैँको माहोललाइ ध्यानमा राखेर खाने पिउने सम्बन्धी गीत भएको जानकारी दिएका छन् । उनले दर्शकको माया र आर्सीवाद कै कारण यस गीतलाई लामो समयको प्रयास पछि बजारमा ल्याउन लागेको बताएका छन् । उनले भनेका छन् – हामीले रक्सीको विषयलाई लिएर गीत बनाएका छौ । रक्सी खानुपर्छ र रक्सी राम्रो हो भनेर सोही गीत ल्याएका होइनौँ । समग्र समाजमा भएका कुराहरूलाई गीतमा उतारेको र रक्सी खानेहरूको लागी यही गीतले खुसीको माहौल बन्ने भएको हुनाले हामीले यर्थात कुरालाई थप ऊर्जा थप्नको लागी यो गीत ल्याएका छौँ । हाम्रो काम गर्ने टिम र धेरै मेहनत भएको हुनाले यस गीतलाई दर्शकहरूले सकारात्मक रूपमा लिएर माायाँ गरिदिनुहुन्छ भन्ने आशा गरेको छु । उनले कुराकानीको क्रममा भनेका छन् मैले आफूले रक्सी नपिएपनि सङ्गीतमा पिउने कोसिस गरिरहेको छु । पछिल्लो समयमा गायक परियारको धोकेबाज , माया विक्नी रहेछ , तड्पी तड्पी , नभेटी नभेटी , सुनको चन्द«मा लगायतका गीतहरूले सफलता प्राप्त गरेको छ ।