फिल्म ‘चुरिफुरी’ कहिले बाट हुदैंछ रिलिज ?

नेपाली चलचित्रका निर्माताले धमाधम प्रदर्शन मिति तय गर्न थालेका छन् । यसैविच, ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘चुरिफुरी’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र पौष ९ गतेबाट रिलिज हुने निर्देशक आचार्यले जानकारी दिए ।

चलचित्र पत्रकार संघ, दाङले आयोजना गरेको कार्यक्रममा प्रदर्शन मिति घोषणा गरिएको यो चलचित्रमा रविन्द्र झा, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्रचार्य लगायतको मुख्य भूमिका छ ।

दिपक शर्माको संगीत तथा राहुले राइको छायांकन रहेको यो चलचित्रमा नविन निरौलाको सम्पादन छ । निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेको यो चलचित्रमा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह–निर्माताको रुपमा छन् ।