सुदीपको ‘म हिँडे घर’ सार्वजनिक

 

गायक सुदीप श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । डेनमार्कमा बस्दै आएका गायक श्रेष्ठले सार्वजनिक गरेको गीतमा परदेशी नेपालीको कथा समेटिएको छ । ‘म हिँडे घर…’बोलको सार्वजनिक गीतमा घर फर्किन चाहने परदेशीको चाहना समेटिएको छ ।सुदीप र मन्दिरा जोशीले संयुक्त रुपमा लेखेको गीतमा संगीत पनि सुदीपकै सुन्न सकिन्छ । गीतमा संगीत संयोजन भने रेलोनले गरेका छन् । गीतको म्युजिक भिडियो पनि रिलिज गरिएको छ ।

म्युजिक भिडियोमा सुवास महर्जन र जेस भट्टराईले अभिनय गरेका छन् । सुशील घिमिरे र रतिस तुलाधरले संयुक्त रुपमा छायांकन गरेको म्युजिक भिडियोमा डेनमार्कको कोपेनहेगन र आसपासको दृश्य देख्न सकिन्छ ।