मिस युनिभर्स नेपालका १६ सुन्दरीको प्रतिस्पर्धा

 

काठमाडौं – यो बर्षको ‘मिस युनिभर्स नेपाल २०२१’मा १६ सुन्दरीहरुबिच भिडन्त हुने भएको छ । आयोजक उमङ्ग क्रियशनले बिहिबार साँझ दरबारमार्थस्थित होटल याक एन्ड यतिमा एक कार्यक्रमको आयोजना गर्दै १६ प्रतिस्पर्धी सार्वजनिक गरेको हो ।अन्तिम १६ बाट अबदेखि अन्तिम १० जना प्रतिस्पर्धी छानिने भएका छन् । यसका लागि प्रतिशत अंक प्रतियोगीले बनाएको भिडिओ र ५० प्रतिशत आईएमई एपमा प्रतियोगीलाई प्राप्त भोटिङमार्फत हुनेछ । कार्यक्रममा १६ जना प्रतिस्पर्धीले रेड कार्पेटमा र्याम्प वाक गर्दै मिडिया तथा दर्शकमाझ आफ्नो परिचय र भविष्यको योजना बताएका थिए ।

प्रतियोगीताको फाइनल अक्टुबर ३० अर्थात कार्तिक १३ गते आयोजना हुनेछ । प्रतियोगीताको शिर्ष बिजेताले डिसेम्बर १२ मा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । गतबर्षदेखि उमङ्ग क्रियशनले ‘मिस युनिभर्स’मा प्रतिनिधी पठाउन थालेको हो ।