सरुभक्तलाई ‘मुक्तक सागर’सम्मान

साहित्यकार सरुभक्तलाई ‘मुक्तक सागर’सम्मान प्रदान गरिएको छ । मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले सयुक्त रूपमा यो सम्मान प्रदान गरेको हो । लामो समयदेखि साहित्यमा क्रियाशील सरुभक्तले विशेष गरी मुक्तक साहित्यमा पुराएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गर्न गरिएको हो ।

सम्मान प्रदान कार्यक्रममा सरुभक्तले मुक्तक सागर पत्रिकाले मुक्तकको विकास र विस्तारका लागि खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए । सरु भक्तले मुक्तक सम्बन्धी विस्तृत विमर्श गर्ने समय आएको बताएका छन् ।