कुन फिल्म कहिले ? यस्तो छ रिलिज तालिका

 

काठमाडौं- कोरोना माहामारीको कारण सबै क्षेत्र अस्वयस्त नै बन्यो फिल्म क्षेत्र पनि अछुतो भने रहेन । लगभग डेड/दुई वर्ष ओझेल परेको फिल्म क्षेत्र दशैंबाट भने चहलपहल हुन थालेको छ । फिल्म डाडाँको बरपिपल हल भरी प्रर्दशनमा आयो तर दर्शक भने आएनन् । फिल्म हललमा दर्शकको उपस्थिति देखेर निर्माता र वितरक दुबै अक्मकाए । हल खुलेदेखि नै दर्शकको खडेरी खेप्दै आएका फिल्म हलले थोरै मात्रामा आशा जगाएका छन् । अपेक्षाअनुरुपमा नै बलिउड फिल्म ‘सूर्यवंशी’ले दर्शक हलसम्म बोलाउन सफल भएपछि सिनेमाघर सञ्चालकले राहत महसुस गरेका हुन् । फिल्म ‘सूर्यवंशी’ले नेपाली फिल्म निर्माता र निर्देशको मन तान्दिएको छ । भारतीय चलचित्र सूर्यवंशीले दर्शक हलसम्म तानेसँगै बनेर तयार रहेका धेरै चलचित्रले प्रदर्शन मिति तय गर्न थालेका छन् ।

पूजा शर्मा र शुर्दशन थापाको फिल्म ‘म यस्तो गीत गाउँछु २’ माघ १९बाट प्रदर्शनमा आउने बताइएको छ । मुकुन्द भट्ट निर्देशित ‘लप्पन छपन २’ फिल्म बनेको लामै समय भयो । यस अघि प्रदर्शन मिति समेत तय गरिएकोमा कोरोनालाई कारण बनाउँदै प्रदर्शन गरिएन ।

अमेरिकामा छायांकन गरिएको फिल्म ‘ओभरडोज’ यही मंसिर १७ गते बाट प्रदर्शनमा आउने छ । त्यस्तै भिन्न कथामा निर्माण गरिएको फिल्म चपली हाइटको तेस्रो सिक्वेल पुस २ गतेबाट प्रदर्शनमा आउने निर्माता अर्जुन कुमारले बताएका छन् । त्यसको एक हप्तापछि नै ऋषिराज आचार्य को कमेडी फिल्म चुरीफुरी पुस ९ गतेबाट प्रदर्शनमा आउने छ ।

प्रदर्शनका लागि ठिक्क परेको समयमा महामारी आएपछि रोकिएको ‘चपली हाइट ३’ निर्माता कुमारले पुस २ गते रिलिज गर्ने घोषणा गरेका छन् । उनले दसैँ र तिहारमा नै फिल्म रिलिज गर्ने जमर्को गरे पनि दर्शक आउने कुरामा ढुक्क नभएपछि हच्किएका थिए । यो फिल्ममा महेश त्रिपाठी, स्वस्तिमा खड्का र सुपुष्पा भट्टको मुख्य अभिनय रहेको छ ।

यो फिल्मको हाल प्रदर्शन मिति फागुन १३लाई राखिएको छ । त्यस्तै ‘ए मेरो हजुर ४’ फिल्मले समेत प्रदर्शन मिति पक्का गरेको लामो समय भयो । यो चलचित्र नयाँ वर्षको छेको पारेर चैत २५ गतेबाट प्रदर्शन हुने निर्देशक तथा निर्माता झरना थापाले यस अघि नै बताएकी छन् ।

दिपेन्द्र के खनालको फिल्म चिसो मान्छे वैशाख ३० बाट प्रदर्शनमा आउने छ । यस अघि नै तीज नजिक प्रदर्शन गर्ने तयारी भएपनि अन्तिम समयमा आएर चलचित्रको प्रदर्शन मिति परिवर्तन गरिएको थियो । अन्य दुई दर्जन बढी फिल्म छायांकन सकेर प्रदर्शनको लागि तयारी अवस्थामा रहेका छन् । लप्पन छप्पन २’ले पनि प्रदर्शन मिति घोषणा गर्ने क्रमलाई निरन्तरता दिँदै शिवरात्रीलाई प्रदर्शन मिति बुक गरेर बसेको छ ।