गायिका प्रविशाको इन्गेजमेन्ट, मंसिर ५ गते बिहे

 

गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबार इन्गेजमेन्ट गरेकी प्रविशा ५ गते वैवाहिक बन्धमा बाँधिदैछिन । प्रविशा र निर्माणको इन्गेजमेन्ट झापामा भएको हो । उनीहरूको वैवाहिक समारोह पनि झापामा नै सम्पन्न हुनेछ । झापा चारपानेका निर्माण लामो समयदेखि अमेरिका बस्दै आएका छन् ।

अघिल्लो साताबाट प्रसारण सुरु भएको ‘द भ्वाइस किड्स’की कोच आफ्नो वैवाहिक समारोहका लागि केही दिनअघि काठमाडौंबाट झापा गएकी छन् ।  पारिवारिक कुराकानीबाट सुरु भएको प्रविशा र निर्माणको सम्बन्ध प्रेम हुँदै अन्ततः विवाहमा परिणत हुन लागेको हो ।