जातीय विभेदविरुद्ध उत्कृष्ट फिल्म बनाउनेलाई २ लाख पुरस्कार

काठमाडौं- नेपाल फिल्म निर्देशक समाजले ‘जातीय विभेदविरुद्ध लघु चलचित्र’ प्रतियोगिताको आयोजना गर्ने भएको छ । निर्देशक समाज र युनडीपीद्धारा जारी सूचनाअनुसार फिल्मले जात व्यवस्था उन्मुलन सम्बन्धी विषयलाई ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्नेछ । ‘फिल्मले जात प्रथा र यो प्रथा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जात प्रथा उन्मुलन सम्बन्धी विद्यमान कानुनलाई लागु गर्न प्रेरित गर्ने हुनुपर्छ,’ युएडीपीद्धारा जारी सूचनामा भनिएको छ । प्रतियोगितामा हरकोही प्रतियोगीले सहभागी हुन पाउनेछन् । भिडियोको प्राविधिक गुणस्तर १०८० सम्म हुनुपर्ने र मोबाइलले खिचेका फिल्म पनि प्रतियोगितामा स्वीकार गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा अभिनय गरेका फिल्म, एनिमेसन, भ्वाइस ओभर, साइलेन्ट वा मोन्टाज, सन्देश प्रवाह गर्ने दृश्य मात्रै पनि सहभागी हुनसक्नेछन् । तर सामुदायिका भावनालाई चोट पुर्याउने वा आरोपित गर्ने भिडियोलाई भने प्रतियोगितामा प्रोत्साहित गर्न नसकिने सूचनामा उल्लेख छ । तियोगितामा अभिनय गरेका फिल्म, एनिमेसन, भ्वाइसओभर, साइलेन्ट वा मोन्टाज, सन्देश प्रवाह गर्ने दृश्य मात्रै पनि सहभागी हुन सक्ने बताइएको छ । समुदायको भावनालाई चोट पुर्याउने वा आरोप लगाउने भिडियोलाई भने प्रतियोगितामा समावेश गरिने छैन ।

इच्छुक सहभागीले आगामी डिसेम्बर १० सम्म भिडियो पठाइसक्नुपर्नेछ । प्राप्त भिडियोलाई सामाजिक सञ्जालमा देखिएको प्रभाव र तीन सदस्यीय निर्णायक समितिको मूल्यांकनको आधारमा विजेता घोषणा गरिने समाजले जनाएको छ ।सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत गरी उत्कृष्ट तीन चलचित्र छनोट गरिनेछ । प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख रुपैँया, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैँया प्राप्त गर्नेछन् ।