शुक्रबारदेखि प्रदर्शन हुने ‘चपली हाइट ३’ को सेन्सर पास

 

काठमाडौं- पुस २ गते अर्थात् आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय फिल्म जाँच समितिले प्रदर्शनको एक साताअघि शुक्रबार फिल्मलाई ‘पीजी’ सर्टिफिकेट प्रदान गरेको हो ।

अब यो फिल्म हेर्नका लागि १६ वर्षमुनिका दर्शकलाई अभिभावकको साथ आवश्यक पर्नेछ । अर्जुन कुमारको निर्माण एवं निकेश खड्काको निर्देशन रहेको चलचित्र क्राइम थ्रिलर जनरामा बनेको छ । फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको समेत फिल्ममा अभिनय छ ।