‘द नेशनल डिजाइनर रन वे’को आयोजना हुँदै

मोडल सङ्स नेपालको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रियस्तरको फेशन डिजाइनर लक्षित ‘द नेशनल डिजाइनर रनवे’ को आयोजना हुने भएको छ । यसका लागि आवेदन खोलिएको आयोजकले बताएको छ ।

आयोजक संस्थाका सिइओ डेबिल सिंह राजपुतले फेशन डिजाइन क्षेत्रको प्रवद्र्धन तथा पेशाकर्मीको व्यावसायिकता विकास गर्न रनवे आयोजना गर्न लागिएको प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् ।

राजपुतले प्रतियोगिताका उत्कृष्ट विजेताले शिर्ष उपाधीसहित नगद ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजारसँगै अन्य विभिन्न आकर्षक उपहार प्राप्त गर्ने जानकारी दिए । उनका अनुसार ‘द नेशनल डिजाईनर रनवे’ को उत्कृष्ट १० भित्र रहन सफल हुने प्रतिस्पर्धीहरुले आफुले तयार गरेका फेशन डिजाईन थाईल्याण्डमा हुने ‘ग्लोवल फेशन रनवे’ को स्टेजमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।