सम्बन्धविच्छेद पछि जेरीको टिप्पणी, ‘तिमिले दिएका हर आँशुको थोपालाई मोति बनाउने कोसिस गर्नेछु’

लोकप्रिय गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीले औपचारिक रुपमै सम्बन्ध विच्छेद गरेका छन् ।

बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर उनीहरुले करिब तीन वर्ष लामो आफ्नो वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । उनीहरुले ५ वर्षको प्रेम सम्बन्धलाई २०७६ साल माघ १ गते विवाहमा परिणत गरेका थिए । सम्बन्धविच्छेद गरे पछि बबिताले सामाजिक सञ्जालमार्फत आफ्नो भावना पोखेकी हुन् । उनीहरुका निकट साथीहरुले क्षेत्रीकै कारण सम्बन्ध विच्छेद भएको बताउदै आएका छन् ।

सम्बन्धमा खटपट आएलगत्तै क्षेत्री भन्दा जेरी निकै भावुक भएकी थिइन् । पछिल्ला समयमा सामाजिक सञ्जालमा राखेका स्ट्याटसले पनि उनको भावुकपन प्रष्टै बुझ्न सकिन्थ्यो ।

उनले लेखेकी छिन्,‘दोस भाग्य लाई दिउ कि परिस्थिति लाई,,,मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पा¥यो समयले,,,तिमिले दिएका हर आशुको थोपा लाई मोति बनाउने कोसिस गर्ने छु,,,आज बाट अलग भैयो ।’