‘मिस्टर टुरिजम एम्बासडर युनिभर्स’ मा नेपालका विनायकलाई उपाधि, सपना सेकेन्ड रनरअप(तस्विर सहित)

अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्ट ‘मिस्टर एण्ड मिस टुरिजम एम्बासडर युनिभर्स २०१९’ मा नेपाली सहभागिले उपाधि प्राप्त गर्न सफल भएका छन् । नेपालबाट पुरुष तर्फ दमकका विनायक राज पोखरेलले मिस्टर टुरिजम एम्बासडर युनिभर्सको उपाधिको साथमा ग्राण्ड ट्रफी हात पार्न सफल भएका छन् । उनको साथमा महिला तर्फ सपना भण्डारीले मलेसियामा भएको उक्त प्याजेन्टमा सहभागिता जनाएकी थिइन् । सपनाले सेकेन्ड रनर अप हुदै मिस इन्टरनेसनलको उपाधि जित्न सफल भइन् । जुलाई १ देखि जुलाई ७तारिक सम्म चलेको कार्यक्रम लिकास स्क्वायर अपार्टमेन्ट होटल कोटा किनाबालु सबाह मलेसियामा सम्पन्न भएको छ ।  मिस्टर एण्ड मिस नेपाल आइकन २०१९ बिजेता विनायक र सपनालाई हार्दिक बधाई ।