बुढी, म विदेश जान्छु !

समय सहज बन्दै थियो, सम्बन्धमा पनि कुनै अप्ठ्यारो थिएन ।  बस थियो त आर्थिक अभाव । अभाव पनि भन्न सकिन्न सायद व्यवहार मिलाउन नसकेकै होला । खै किन अप्ठ्यारो त एकदम थियो तर पनि दुखि चै थिएन । एउटाको सरकारी जागिर र अर्काको जागिर कै तयारी । खुसी नै थिए ।

सामान्य तरिकाको जीवन चलेकै थियो । अप्ठ्यारो बनाउथ्यो त केवल बिचमा नसोचेका घटनाहरुले । घरको जेठो सन्तान भएकै कारण अरुको समस्यालाई बेमतलब गर्ने अवस्था थिएन । फेरी एकमात्र सक्षम सन्तान भएको कारण आमा बाबुको अपेक्षा पनि उस्कै तिर । सक्षम यस अर्थमा की उसको जागिर थियो ।

बिचरा ‘उ’ सरकारी तलब त्यहि त हो । लप्पन छप्पन गर्न नजान्ने फेरी घर भन्दा टाढाको जागिर महिनामा २ ३ पटक सम्म ओहोर दोहोर गर्ने पर्ने बाध्यता ।

साथ त थियो घर परिवारको । त्यो खोक्लो साथको के अर्थ ?  चाहिने भनेको पैसा नै भएपछी मिठो बोलीले मात्रै समस्या ढाक्न नसक्ने । फेरी कसैलाई नाइँ भन्न नसक्ने उ अरुको रहर,  चाहना, इच्छा र आवस्यकता पुरा गर्दैमा आफैँ भित्र खुम्चिएको थियो ।

उसको त्यो घर, कार र सुखी परिवारको सपना आज भोलि खुइलिएको सर्टमा स्पस्ट देखिन्थ्यो । तर देखेर मात्रै के गर्ने विवस थिए मा पनि । हेरेर बुझ पचाउनुको विकल्प थिएन । मेरो पनि त अवस्था त्यति धेरै फरक छैन । म आफैँ पनि त अभावमा छु ।  तर खुसी चै पाएको छु सबै भन्दा माथि । अनि जिन्दगिमा केहि गर्नु छ र पक्कै केहि राम्रो हुन्छ भन्ने आश पनि । सामाजिक संजालमा फैलिएका सत्य र भ्रमको खेति बीच उसले एउटा फोटो सहितको म्यासेज पठाउछ । बुढी बायोडाटा बनाएर मेल गर्दे, म अब विदेश जान्छु…