Joy Ads

फेसन एण्ड मोडल अवार्ड हुदै

- मेराेफिल्म

साउन २३ गते बिहिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा प्याजेन्ट नेपाल ईन्टरनेशनलको आयोजनामा ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ आयोजना हुदै छ ।

आयोजक संस्थाका प्रवन्ध निर्देशक मिथुन थापाका अनुसार नेपाली फेसन तथा मोडलिङ क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई पुरस्कृत गरिने उक्त समारोहको तयारी अन्तिम चरणमा पुगेको छ । उनी भन्छन्-‘नेपालमा कला, साहित्य तथा मनोरञ्जन क्षेत्रका अधिकांश विधामा अवार्ड समारोह आयोजना हुने भए पनि फेसन तथा मोडलिङ क्षेत्रमा अवार्ड वितरण नहुने भएकाले मोडलिङ तथा फेसन क्षेत्रको रौनक बढाउन यो समारोह आयोजना गर्न लागिएको हो ।’

बिहिबार दिउँसो ४ बजेपछि रेड कार्पेटसहित सम्पन्न हुने अवार्ड वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अनुहारहरु करिश्मा मानन्धर, रमेश उप्रेती, अञ्जु पन्त, आनन्द कार्की, धीरज राई आदिको समेत सहभागिता रहने छ । कार्यक्रममा उषा खड्गीसहितका पूर्व मिस नेपालहरुले पनि सहभागिता जनाउने छन् ।

समारोहमा उत्कृष्ट कोरियोग्राफर, उत्कृष्ट फेसन डिजाइनर, उत्कृष्ट फेसन कोरियोग्राफर, उत्कृष्ट मेकअप आर्टिष्ट, उत्कृष्ट हेयर डिजाइनर, उत्कृष्ट फेसन पत्रकार, उत्कृष्ट अन्तर्राष्ट्रिय नेपाली मोडल, उत्कृष्ट कार्यक्रम आयोजक, उत्कृष्ट कार्यक्रम निर्देशक, उत्कृष्ट कार्यक्रम प्रवन्धक, उत्कृष्ट महिला तथा पुरुष मोडल, उत्कृष्ट फेसन फोटोग्राफर आदि विधामा अवार्ड प्रदान गरिने छ ।

२०७६ साउन २२ गते १४:१२ मा प्रकाशित
Royal Education

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate