मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजमको उपाधि एलिजा र विवेकलाई

चौथो ‘मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजम नेपाल’ सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधी एलिशा गौतम र विवेक जोशीले हात पारेका छन् । शनिबार राति धनगढीको ओम प्यालेसमा भएको फाइनल प्रतिस्पर्धामा उपाधीसंगै विजेता गौतमले स्कुटी र जोशीले मोटरसाइकल प्राप्त गरे ।प्रतियोगितामा महिला तथा पुरुष तर्फ फस्ट रनरअप क्रमशः जेनिफर वेद र प्रशान्त खड्का घोषित भए भने सेकेण्ड रनरअपको उपाधी असुति सिंह र सन्तोष ओझाले प्राप्त गरे ।

अप इन्टरटेनमेन्ट इन्टरनेसनल प्रालिको आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा अभिनेता राजेश हमाल, अभिनेत्री सञ्चिता लुइँटेल, मिस एशिया प्यासिफिक चन्द्रा थापा गिरी, गोपाल सुन्दरलाल कक्षपति निर्णायकको भूमिकामा रहेका थिए । मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजमको अडिशन राउण्डमा तीन सयभन्दा बढीको सहभागिता भएकोमा फाइनलका लागि १३ युवती र १३ युवक गरी जम्मा २६ जना छनोट भएका थिए ।