‘मिस्टर दारी २०१९’ ग्राण्ड फिनाले आज हुदै

पुरुष सौन्दर्य प्रतियोगीताको इतिहास मै नेपालमा भैरहेको फरक प्रतियोगिता ‘मिस्टर दारी २०१९’ को ग्राण्ड फिनाले आज हुन गइरहेको छ । उक्त कार्यक्रम ठमेल स्थित छायाँ सेन्टरमा आज असोज १२गते दिउसो २बजे सुरु हुदै छ ।  प्रतियोगिताको ग्राण्ड फिनालेका लागि २० पुरुष छानिएका छन् । उनीहरु मध्ये विभिन्न विधाको साथमा बिजयी प्रतियोगी घोषणा गरिने छ ।  उक्त बिजयी प्रतियोगी नै मिस्टर दारीको इतिहासकै पहिलो बिजेता हुने छन् ।

नयाँ कन्सेप्टमा नेपालमा पहिलो पटक ‘मिस्टर दारी २०१९’ भै रहेको छ  । अन्य पुरुष सौन्दर्य प्रतियोगिताकै ढाचामा यो शोको आयोजना भएको भएपनी यसभित्रको खुराकहरु भने बिल्कुलै फरक रहेको ‘मिस्टर दारी’ आयोजक ठन्डर प्रोडक्सन टिमको रहेको छ । “मिस्टर दारी”को बिजेताले गौतम होलिडेजबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुरको ब्यवस्था संगै १ लाख नगद पुरस्कार र पस्मिनाको ब्राण्ड पनि पाउनेछन । यस्तै बिजेताले अन्तरास्ट्रिय शोहरु तथा बलिउडमा पनि अवसरका लागि पठाईने आयोजकले बताएका छन् । सुरुवाती चरणमा हामिले यस्तो कन्सेप्टमा शो आयोजना गर्दै छौ भन्दा हास्ने मान्छेहरू अहिले बिस्तारै “मिस्टर दारी”ले चर्चा बटुल्दै गर्दा धेरै जना सकारात्मक देखिएको आयोजक  बताउछन् ।