डढेको छाला सामान्य अवस्थामा फर्काउने घरेलु उपाय

घामको सिधा प्रभावको कारण छालाको रङ्ग खैरो हुदै कालो देखिनुलाई सन बर्न (छाला डढेको)भनिन्छ । यसको कारण विभिन्न नकारात्मक प्रभाव छालामा पर्ने गर्छ ।  छालाको रंग परिवर्तन त हुन्छ नै साथै एलर्जी हुने र लामो समय सम्म सोहि समस्या आएमा छालाको क्यान्सर सम्म हुने गर्छ । डढेको छालालाई सामान्य अवस्थामा फर्काउन भने सम्भव छ ।  ब्युटी सलोनमा गएर हटाउन त सकिन्छ नै घरमै उपलब्ध सामाग्रीको प्रयोगबाट पनि उक्त समस्या समाधान गर्न सकिन्छ । घरेलु उपायको बारेमा हामी आज चर्चा गर्दै छौ :

सबै भन्दा पहिला डढेको भागलाई पानीले सफा गर्ने । यस पछी १ चम्चा नुन र आधा कागतीबाट स्क्राब तयार गर्ने ।  प्रभावित भागमा ३ ४ मिनेट सम्म सर्कुलर मसाज गर्ने र पुनः सफा पानीले धुने ।
दोस्रो प्रोसेसको रुपमा प्याक लगाउने । जसको लागि निम्न तरिका अपनाउनु पर्छ :
२ चम्चा बेसन पाउडर, आधा चम्चा हल्दी, एक चम्चा नरिवलको तेल, रोज वाटर, आधा कागती र दुध मिलाएर प्याक बनाउने ।  तयारी प्याक लगाएर सुक्न छोड्ने ।  सुके पश्चात सफा पानीले सफा गरेर मोस्चराइजर लगाउने । यो क्रम हप्तामा २ पटक गरेमा एक महिनामा प्रभाव देखिन थाल्छ ।

त्यस्तै अर्को तरिका पनि रहेको छ :
एउटा टमाटर लिने र बीचमा काट्ने । सो आधा भागमा नुन राखेर प्रभावित क्षेत्रमा ३, ४ मिनेट सम्म स्क्राब गर्ने ।  स्क्राब गरिसकेर सफा गरी प्याक लगाउने ।

तेश्रो तरिका :
२ चम्चा दहि, आधा चम्चा बेसार (हल्दी) मिलाएर प्रत्येक राति सुत्नु अघि डढेको ठाउँमा लगाउने र सुके पछी धोएर नरिवलको तेल लगाएर सुत्ने ।  १५ दिनमा असर देखिन थाल्ने छ ।

चौथो तरिका:
२ चम्चा शुद्ध महमा एक एक चम्चा कागतीको रस मिलाएर डढेको भागमा लगाउने र ३० मिनेटमा धुने र नरिवलको तेल लगाउने ।

पाँचौ तथा अन्तिम तरिका:
एक चम्चा कफी, एक चम्चा चिनी र एक चम्चा नरिवलको तेल लगाएर प्रभावित ठाउमा स्क्राब गर्ने ।  त्यस पछी मास्क बनाएर लगाउने ।

मास्क बनाउने तरिका :
एक चम्चा कफी, आधा चम्चा मह, तिन चम्चा दहि र एक चम्चा चामलको पिठो मिलाएर मास्क बनाउने । २० २५ मिनेट राखेर सफा पानीले पखाली मोस्चराइजर लगाउने परिवर्तन आफै अनुभव गर्नुहुने छ ।
(शर्मा कारा ब्युटी केयर एण्ड ट्रेनिंग सेन्टर कि संचालक हुन्)