भोजपुरी सुपरस्टार पवन सिंहविरुद्ध श्रीमतीकाे उजुरी

भोजपुरी फिल्म उद्योगका सुपरस्टार पवन सिंहलाई स्थानीय अदालतले नोभेम्बर ५ मा अदालतमा उपस्थित हुन आदेश दिएको छ । पवनकी श्रीमती ज्योति सिंहले भरणपोषणका लागि अदालतमा निवेदन दिएपछि यही मामलामा अदालतले अभिनेतालाई उपस्थित हुन आदेश दिएको हो ।
गत अप्रिल, २०२२ मा पवन सिंहले पत्नी ज्योतिसँग सम्बन्धविच्छेद गर्न बिहारको आरा कोर्टमा निवेदन दिएका थिए । यही निवेदनमाथि एक महिनाको सुनुवाइपछि अदालतले आपसमा मामला सुल्झाउन सल्लाह दिएको थियो । तर, पवन र ज्योतिबीच कुरा मिल्नुको सट्टा मामला झन बढ्दै गएको थियो ।
ज्योतिले बलियाको फेमिली कोर्टमा भरणपोषणका लागि पवनविरुद्ध उजुरी दिएकी थिइन् । अदालतले पवनलाई तीनपटक उपस्थितिका लागि तारिख दिए पनि उनी अहिलेसम्म पुगेका छैनन् । ज्योतिका वकिल पियुष सिंहका अनुसार अदालतले पवनलाई नोभेम्बर ५ मा उपस्थित भएर आफ्ना कुरा राख्न भनेको छ ।
पवनले सन् २०१४ मा निलमसँग विवाह गरेका थिए । तर मार्च २०१५ मा निलमले आत्महत्या गरेकी थिइन् । यद्यपि आत्महत्याको कारण थाहा हुन सकेको थिएन । निलमकी बहिनीले पवन काममा व्यस्त भएर समय दिन नसकेपछि दिदीले आत्महत्या गरेको दाबी गरेकी थिइन् । त्यसपछि पवनले २०१८ मा ज्योतिसँग विवाह गरेका थिए ।
पवनले अदालतमा सम्बन्धविच्छेदको निवेदन दिँदै आफू पत्नीसँग बस्न नसक्ने जानकारी दिएका थिए । ज्योतिले भने आफूलाई पवनले प्रताडित गरेको आरोप लगाएकी थिइन् । ज्योतिले आफूलाई पवनले कुटपिट र गालीगलोजका साथै विवाह पछि दुई पटक गर्भपतन गराएको आरोप लगाएकी थिइन् ।

१३ औं ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२४’का विजेता घोषित

'फेसियल हाउस'को १६औँ वार्षिकोत्सव सम्पन्न

पत्रकारद्वय डंगोल र श्रेष्ठद्वारा संग्रहित पुर्व कुमारी बज्राचार्यको फोटो प्रदर्शनी…

प्रधानमन्त्री प्रचण्डलाई टोपी प्रदान गर्दै १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस …

‘पोखरा सडक महोत्सव’मा जे देखियो (फोटो फिचर)

‘पोखरा सडक महोत्सव’ सुरु, झाँकीमा रमाए पर्यटक (फोटोफिचर)

भ्याली ग्रुप तयारी खाध्यमा आक्रामक बन्दै, भ्याली एक्सप्रेसको सातौ चेन पुल्चोकमा

प्रतिक्रिया