पोखरापछि काठमाडौंमा ‘द ब्यूटी बक्स स्टूडियो’


पोखरामा निकै लोकप्रिय बनेको ‘द ब्यूटी बक्स स्टूडियो’को शाखा अब काठमाडौंमा पनि संचालनमा आएको छ ।  मेकअप सिक्न चाहनेहरूका लागि यो स्टुडियो निकै नै लोकप्रिय छ । यो स्टुडियोकी प्रमुख इशा अग्रवालकी छोरीले रिबन काटेर उद्‍घाटन गरेकी थिइन् । 

कोरोनाको समयमा इशाले अनलाइनबाट सुरु गरेको मेकअप स्टुडियो अहिले पोखरामा लोकप्रिय बनेको छ । इशाका अनुसार, काठमाडौंबाट पनि निकै माग भएपछि यसको शाखा बिस्तार गरिएको हो । 

यो स्टुडियोमा व्यावसायिक रुपमा मेकअप गर्न चाहनेदेखि व्यक्तिगत रुपमा मेकअप सिक्न चाहनेहरूका लागि एक हप्ता र एक महिनाको प्रशिक्षण दिइन्छ । 

यस्तै, बेहुली मेकअप पनि स्टुडियोमा गरिने इशाको भनाई छ । नेपालमा पछिल्लो समय आफै मेकअप गर्न चाहने र व्यावसायिक रुपमा पार्लरमा काम गर्न चाहनेहरूको संख्या बढ्दै गएको छ । इशाले अन्य विभिन्न स्टुडियोहरूले पनि अन्तराष्ट्रिय भन्दै तालिम दिने गरेको भन्दै आफूहरूले प्रमाणपत्र नै पाएकाले अन्यसँग नझुक्किन आग्रह गरिन् ।