फिल्म नचलेपनि घटेको छैन धिरजको डिमाण्ड


नायक धिरज मगर अभिनित २ फिल्म लगालग असफल भए । पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ चलेपछि धिरज मगरको क्रेज पनि चुलिएको थियो । तर, उनले दोश्रो फिल्ममा काम गर्न केही बर्ष लगाए । धिरज यो बिचमा हराए । जसकाकारण, उनका फ्यानहरुले पनि धिरजलाई पछ्याउन छाडे । यसपछि धिरजले लगालग २ वटा फिल्ममा काम गरे ।

उनी अभिनित फिल्म ‘बाबरी र ज्याकीः आई एम ट्वान्टी वान’ दुबै असफल भए । बक्स अफिसमा यी दुबै फिल्म असफल भएपनि धिरजको क्रेज भने घटेको छैन । अब, धिरजलाई एउटा हिट फिल्मको आवश्यक छ । एउटा फिल्म हिट भयो भने धिरज फेरि स्टारडमको पुरानो लयमा फर्किनेछन् । 

धिरजले झरना थापाको निर्देशनमा सुनिलकुमार थापाको निर्माण रहेको फिल्म ‘भगवत् गीता’मा काम गरिरहेका छन् । यो फिल्मको प्रदर्शन मिति भदौ २९ लाई तोकिएको छ । 

यी बाहेक धिरजलाई फिल्मको अफर पनि आइरहेको छ । धिरजका लागि केही निर्माता पर्खिरहेका छन् । धिरजको ‘हुन्छ या हुदैन’को जवाफमा केही चर्चित मेकरले पर्खिरहेको वुझिएको छ । 
धिरजले निर्माता किरण नेपालीले बनाउन भनेको फिल्म पनि साइन गरिसकेका छन् । उनले, निर्देशक दिनेश राउतको फिल्म पनि साइन गरिसकेका छन् । 

धिरज अभिनित फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ असफल भएपनि उनको कामको भने खुबै प्रशंसा भएको थियो । यसैले, पनि उनीमाथि निर्माताको विश्वास कमजोर बनेको छैन । धिरजले अब एउटा हिट फिल्म दिएर निर्माताहरुको विश्वासलाई अझ बलियो बनाउन आवश्यक छ ।