जुम ब्युटी एकेडेमीको नयाँ शाखा स्वयम्भूमा, केकी र सन्दीपले गरे उद्घाटन

नायिका केकी अधिकारी र सन्दीप क्षेत्रीले जुम ब्यूटी एकेडेमीको नयाँ शाखा उद्घाटन गरेका छन् । कलाकारहरु अधिकारी र क्षेत्रीले सानो भर्‍याङ स्वयम्भूमा निर्मित एकेडेमीको ११ औँ शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

कुपनडोल मा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका यसअघि कलंकी, महाराजगञ्ज, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरु सञ्चालित छन्।

गुणस्तर युक्त प्रबिधि, सेवामूलक र सम्पूर्ण सुबिधा सम्पन्न जुम ब्युटी एकेडेमीमा दक्ष अनुभवी सौन्दर्य कर्मीद्वारा सेवाग्राहीले यो शाखाबाट पनि सेवा लिन पाउने सञ्चालक जुनु चक्रधरले बताइन् । यसका साथै यस एकेडेमीमा अन्तर्राष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको ब्यबस्था पनि रहेको छ ।

कार्यक्रममा एकेडेमीका सञ्चालकद्वय सौन्दर्यबिद् जुनु चक्रधर र कृषप त्वानावासुले अतिथिहरुलाई स्वागत गरेका थिए । नायिका केकी अधिकारी, सन्दीप क्षेत्री, डा. नवल पजियार र चलचित्र जय होको निर्माता समिर  खानले रिवन र केक काटेर नयाँ शाखा उद्घाटन गर्दै सफलताको भव्य शुभकामना समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा सन्दिप क्षेत्री, केकी अधिकारी, डा. नवल पजियार र समिर खानलाई कदरपत्र प्रदान गरिएको थियो l